रासायनिक मल बिक्रि वितरण व्यवस्थापन प्रणाली
रासायनिक मल बिक्रि वितरणका लागि आवेदन फारम भर्नु पुर्व तपाईंले आफ्नो संस्थालाई यस पोखरा महानगरपालिका, कृषि तथा पशु विकास महाशाखा, गण्डकी प्रदेश, पोखरा, कास्कीको रासायनिक मल बिक्रि वितरण व्यवस्थापन प्रणालीमा रजिस्टर गराउनु पर्ने हुन्छ |
- एउटा संस्थाले एक पटक मात्र रजिस्टर गर्नुपर्ने हुन्छ |
- रजिस्टर गर्दा प्रत्येक संस्थाले ईमेल ठेगानाको प्रयोग गर्नु पर्ने हुन्छ |
- एउटा ईमेल ठेगानाबाट एउटा मात्र संस्था रजिस्टर गर्न सकिनेछ |
- रजिस्टर गर्दानै आफ्नो संस्थाका तपशिल बमोजिमका कागजातहरु पेश गर्नु पर्ने हुन्छ | र एक पटक कागजात पेश गरिसके पछि सो कागजात संलग्न गराउनु पर्ने छैन |
आवश्यक कागजातहरु:
- कर चुक्ता प्रमाणपत्र / आ.व. २०७७/७८ को कर तिरेको रसिद
- डिलरसिपको प्रमाणपत्र (अगाडी पछाडि दुवै)
- रासायनिक मलको ईजाजतपत्र (अगाडी पछाडि दुवै)
नोट: तपाईंले रजिस्टर गर्दा भर्नु भएको ईमेल र पासवर्ड याद गर्नु पर्ने हुन्छ |
रजिस्ट्रेसन पश्चात आफ्नो विवरण पेश गर्नका लागि फारम भर्न सक्नुहुनेछ र दोस्रो पटक बाट विवरण पेश गर्दा सो ईमेल र पासवर्डको प्रयोग गरि यस प्रणालीमा लग ईन गरि भर्नु पर्ने हुन्छ |
लग इन पश्चात तपाईंले यसै प्रणाली बाट नै आफ्नो विवरण पेश गर्न सक्नुहुनेछ |

